काठमाडौं १ मंसिर । नेकपा ९एमाले० का महासचिव शंकर पोखरेलले जनतामा प्रमुख दलहरूका प्रति नै विश्वास र भरोसा रहेको बताएका छन् ।प्रमुख दलहरूप्रतिको आक्रोश अल्पकालीन र सामाजिक संजाल केन्द्रित भएको शंकर पोख्रेलले बताएका छन ।
शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।“जनता असन्तुष्ट छन् र उनीहरू प्रमुख दलहरूका प्रति नै विश्वास र भरोसा गर्छन्,” महासचिव पोखरेलले भने, “र, उनीहरूबाटै सुधारको अपेक्षा पनि गर्छन् ।”
यही सन्देश दिनका लागि आफूहरूले मंसिर ७ गते जागरण सभाको आयोजना गर्न लागेको उनले बताए । एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको संयुक्त आयोजनामा जागरण सभा हुन लागेको छ ।एमालेले अराजकता फैलिएको भन्दै जागरण सभाको आयोजना गर्न लागेको हो ।
प्रतिक्रिया