अर्थ-वाणिज्य

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर



काठमाडौं २२ मंसिर । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर भएको छ । भर्खरै महासंघले सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार शुक्रबार साँझ ८ बजे उम्मेदवारको मनोनयन दर्ताको नामावली प्रकाशन हुनेछ ।यस अघिको कार्यतालिका अनुसार अहिले साँझ ५ बजे मनोनयन दर्ताको नामावली सार्वजनिक गर्ने कार्यसूची थियो ।यस्तै उम्मेदवारमाथीको दाबी विरोधको समय पनि बढाइएको छ । यस अघि शुक्रबार साँझ ७ बजेसम्म मात्रै दाबी विरोधको समय तोकिएकोमा संशोधित कार्यतालिका अनुसार शनिबार बिहान ११ बजेसम्मका लागि दाबी बिरोधको समय तोकिएको छ ।यस्तै उम्मेदवारको मनोयन फिर्ता लिने समय एक घण्टा बढाइएको छ । यस अघि शनिबार बिहान १० बजेसम्म फिर्ता लिने समय रहेकोमा शनिबार बिहान ११ बजेसम्म थपिएको छ यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन पनि आधा घण्टा ढिलो हुने भएको छ । यस अघि शनिबार बिहान ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेकोमा आधा घण्टा बढाएर साढे ११ बजे सारिएको छ ।

प्रकाशित : २२ मंसिर २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६