बुटवल, २९ मंसिर ।नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न अधिवेशनबाट लुम्बिनी प्रदेश कमिटी र १२ जिल्लाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको नतिजाअनुसार प्रेस चौतारीले ५ वटा जिल्लाको नेतृत्व जितेको छ भने प्रेस सेन्टरले ४ वटा जिल्ला जितेको छ । प्रेस युनियनले प्रदेश कमिटीको नेतृत्व र तीन जिल्लाको नेतृत्व जितेको हो ।
केन्द्र, प्रदेश र जिल्लामा गठबन्धन गरेका प्रेस चौतारी र प्रेस युनियनले आन्तरिक विवादका कारण केही जिल्ला गुमाएका छन् ।युनियनले लुम्बिनी प्रदेश कमिटीमा तथा बाँके र प्यूठानको नेतृत्व जितेको हो । प्रेस चौतारीले रुपन्देही, पाल्पा, गुल्मी, पश्चिमनवलपरासी, अर्घाखाँचीमा नेतृत्व हात पारेको हो भने प्रेस सेन्टरले कपिलवस्तु, बर्दिया, रोल्पा र रुकुमपूर्वमा नेतृत्व हात पारेको हो । चौतारी र युनियनको गठबन्धनमा खेलेर सेन्टरले चार जिल्ला नेतृत्व हात पारेको हो ।
प्रतिक्रिया