काठमाडौं १७ पुस । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि अझै अपेक्षित प्रगति हुन नसकेको बताएका छन् ।नेपाल राष्ट्र बैंकमा सोमबार नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अधिकारीले पछिल्लो समय आर्थिक गतिविधिहरू केही सुधारिएको भए पनि सोचेअनुरूपको प्रगति नभएको बताएका हुन् ।
गर्भनर अधिकारीले भने, ‘मंसिरको रिपोर्टले पनि आर्थिक गतिविधिहरू केही सन्तोषजनक रहेको देखाएको छ । सार्वजनिक र निजी क्षेत्रबाट भएका प्रयासहरूलाई राष्ट्र बैंकले आर्थिक सहयोग प्रदान गरेको छ, जसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पु¥याएको छ ।उनले पछिल्लो समय राज्यमा औद्योगिक क्षेत्रको विकास हुँदै गएको दाबी गरेका छन् ।
‘२०४८ सालदेखि अहिलेको अवस्था हेर्दा उद्योगहरूको आकार ठूला भएका छन् । सिमेन्ट, रड जस्ता उद्योग फस्टाइरहेका छन्, जसले बैंकहरूमा ऋणको माग बढाएको छ । यो माग अर्थतन्त्रलाई चलायमान बनाउन सकारात्मक मान्नुपर्छ’, उनले भने गर्भनर अधिकारीले केही क्षेत्रमा संकटको चर्चा भए पनि नेपालले अन्तर्राष्ट्रिय स्तरमा ‘कन्ट्री रेटिङ’लाई कायम राखेको उल्लेख गरे ।
‘यो नेपालका लागि एउटा सफलता हो’, उनले भने ।उनले योजनाहरू समयमा सुरु गरेर सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए । मन्त्रालय र विभागहरू थप सक्रिय भएर काम गर्नुपर्ने उनको सुझाव छ ।
गर्भनर अधिकारीले आर्थिक सुधारका लागि प्रयासहरू जारी रहेको र थप समय लाग्ने बताए ।‘ठ्याक्कै जादुको छडी जस्तो केही छैन । योजनाहरूलाई समयमै कार्यान्वयन गर्नु आवश्यक छ’, उनले भने ।
उनले पत्रकारहरूलाई तथ्यमा आधारित र अनुसन्धानमूलक समाचार लेख्न आग्रह गरे । गलत सूचनाका कारण जनतामा नकारात्मक धारणा बनिरहेकाले जिम्मेवारीपूर्वक लेख्नुपर्नेमा उनले जोड दिए ।गर्भनर अधिकारीले भने, ‘तपाईंहरूले लेख्ने समाचार जनताको लागि हो । सही कुरा लेख्नुभयो भने जनताको धारणा सकारात्मक बन्छ, तर गलत लेखे नकारात्मक धारणा बन्छ ।’
प्रतिक्रिया