अर्थ-वाणिज्य

बाणगङ्गामा मालपोत र नापीको सेवा आज भब्य समारोह बिच भुमि ब्यबस्था मन्त्री अधिकारीले शुभारम्भ गर्ने



कपिलवस्तु, ४ फागुन ।कपिलवस्तुको बाणगङगाामा मालपोत र नापी कार्यलयको सेवा आजबाट शुभारम्भ हुने भएको छ नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले एक भब्य समारोह बिच शेवा शुभारम्भ गर्नु हुनेछ । पहिलो सेवा ग्राहिलाइ लालपुर्जा र कित्ता काटेको नक्शा मन्त्रीले उपलब्ध गराउने गरी सेवा भुभारम्भ गर्नु हुनेछ ।मन्त्री अधिकारी ३ दिनयता कपिलवस्तुका विभिन्न कार्यक्रम मा ब्यस्त रहदै आउनु भएको छ । बाणगङगामा मालपोत र नापी कार्यलय स्थापनाको अन्तिम तयारी होजो अबलोकन समेत भएको हो । सो अबसरमा रास्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे बाणगङगाका मेयर चक्रपानी अर्याल भुमि ब्यबस्था बिभागका महानिर्देशक शिव प्रसाद सुबेदि समेत सहभागी हुनुहुन्थ्यो । समारोहमा रास्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे प्रदेश सरकारका भुमि ब्यबस्था मन्त्री दिनेश घिमिरेले समेत सम्बोधन गर्नेभुमि ब्यबस्था बिभागका निर्देशक टेकराज अर्यालले बताउनु भयो । कपिलवस्तुको बाणगङगाामा मालपोत र नापी कार्यलयको सेवा शुभारम्भ हुनु भनेको सरकारले जनतालाइ सुबिधा पुराउन गरेको निर्णय कार्यान्वयन आएको मन्त्री अधिकारीले बताउनु भयो । यो कपिलवस्तुकोलागी महत्त्वपूर्ण उपलब्धि भएको रास्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेले बताउनु भयो ।उपाध्यक्ष घिमिरे कपिलवस्तु र अर्घाखाँचीका विभिन्न कार्यक्रममा ४ दिनयता ब्यस्त रहदै आउनु भएको छ ।

प्रकाशित : ४ फाल्गुन २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६