अर्थ-वाणिज्य

अध्यादेशमा सहयोग गर्न उपेन्द्रलाई ओली र देउवाको आग्रह




काठमाडौं २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको अध्यादेशलाई सघाउन भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेका छन् ।सोमबार केन्द्रीय कार्यकारिणी समितिको सोमबारको बैठक जारी रहेका बेला ओली र देउवाले यादवलाई पालैपालो फोन गरेको स्रोतले जनाएको छ ।

उनीहरुको फोन पछि जसपाले अध्यादेश अध्ययन गर्न राजकिशोर यादवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । उक्त कार्यदलले मंगलबार संसदीय दल बैठकमा कार्यदलले रिपोर्ट प्रस्तुत गर्ने जनाइएको छ ।राष्ट्रिय सभामा जसपाको मत बहुमतका लागि निर्णायक भएकोले यादवलाई सहमतिमा ल्याउन खोजिएको हो ।

प्रकाशित : २२ माघ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६