बुटवल १२ फागुन । रुपन्देहीमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्याङ्क अनुसार पछिल्लो साढे ६ महिनाको अवधिमा मात्रै २६९ वटा मोटरसाइकल चोरी भए ।बुटवल उपमहानगरपालिका भित्रबाट ६५, सिद्धार्थनगर नगरपालिकाबाट ३८, तिलोत्तमा नगरपालिकाबाट २६ र सैनामैना नगरपालिकाबाट ७ वटा मोटरासइकल चोरी भएका छन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले कतिपय अवस्थामा मोटरसाइकल धनीको लापरवाहीकै कारणले पनि चोरी हुने गरेको बताउँछन् ।
‘हामीले गरेको अहिलेसम्मको अनुसन्धानमा अनुसार कतिपय अवस्थामा मोटरसाइकल धनिकै लापरवाहीका कारणले पनि हराएको देखिएको छ । मोटरसाइकल लंक नगर्ने र साँचो मोटरसाइकलमै छाड्दा चोरी गर्नेलाई सहज भएको देखिन्छ,’–उनले भने ।
यस्तै लामो समयसम्म एकै ठाउँमा पार्किङ गरि नराख्न र राख्नु परेमा समय समयमा निगरानी गरि राखे, घरको कम्पाउण्ड भित्र मात्रै लंक गरे मोटरसाइकल र्पािर्कङ गरेमा मात्रै पनि चोरीका घटना कम हुने डिएसपी कार्की बताउँछन् ।
मोटरसाइकल चोरीको घटना बढेपछि आफुहरुले विभिन्न सचेतनाका कार्यक्रमहरु संचालन गरिरहेको डिएसपी कार्कीले बताए ।‘चोरीका घटना बढेपछि हामीले विभिन्न सचेतनाका कार्यक्रमहरु पनि गरिरहेका छौँ । यो सचेतनाका कारणले केही मात्रामा भएपनि निराकरण हुने नै छ,’–उनले भने ।
२० चोर पक्राउ
साढे ६ महिनाको अवधिमा मोटरसाइकल चोरीमा संलग्न २० जना पक्राउ परेका छन् । उनीहरुलाई मुृद्धा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको सूचना अधिकारी डिएसपी कार्कीले बताए ।माघ १५ गतेसम्म १३ वटा मुद्धा दर्ता गरी कारवाही अघि बढाएका छौँ। पक्राउ पर्नेको संख्या २० छ । हामी यसबारेमा भने सुक्ष्म रुममै अध्ययन गरीरहेका छौँ’–उनले भने ।
रुपन्देहीमा चोरी भएका मोटरसाइकल पहाडी जिल्ला र भारततर्फ ल्यौजाने गरेको पनि अनुसन्धानबाट भेटिएको कार्कीले बताए । पहाडी जिल्लामा चेकजाँचलाई कडाई गरे चोरीका मोटरसाइकल भेटिने उनले बताए ।रुपन्देही प्रहरीले सिमानाकामा चेकजाँचलाई कडाई गरेता पनि विभिन्न बाटो हुँदै चोरले भारतसम्म पुराउने गरेको अनुसन्धानबाट देखिएको बताए ।यहाँ चोरी गरेर पहाडी जिल्ला र भारत लग्ने गरेको हामीहरुले अनुसन्धानका क्रममा भेटाएका छौँ । पहाडी जिल्लामा चेकजाँचलाई कडाई गर्ने हो भने चोरीका मोटरसाइकल भेटिन्छन्,’–उनले भने ।
अहिलेसम्म पक्राउ परेका मध्य अधिकांश लागुऔधषको सेवन गर्ने, अभिभावकको निगरानीमा नभएका र मादप पदार्थ सेवन गर्ने रहेको काकीले बताए । यस्तै पक्राउ पर्नेमा एक जना ग्यारेज संचालक पनि रहेका छन् ।ग्यारेज संचालकले चोरीको मोटरसाइकलको स्वरुप परिवर्ततन गरेको भेटिए पछि पक्राउ गरी अनुसन्धान गरिरहेको कार्कीले बताए ।
प्रतिक्रिया