अर्थ-वाणिज्य

मालपोत र नापीको नयाँ सेवा कार्यलाय शुभारम्भ गर्न मन्त्री अधिकारी बिरगंजमा



कपिलवस्तु १४ फागुन । भुमि ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले फाल्गुन १५मा पर्साको पोखरीयामा मालपोत र नापीको नयाँ कार्यलाय समुदघाटन एबम सेवा शुभारम्भ बिशेष समारोह बीच गर्नु हुने भएको छ ।सो कामका लागी मन्त्री अधिकारी बुधबार बिरगंज पुग्नु भएको छ । संघीय मस्मिला तथा सामान्य प्रशासन मन्त्री रामकुमार गुप्ता समेत सोहि कार्यक्रमकालागि बिरगंजमै पुग्नु भएको छ ।गुप्ताको क्षेत्रमै नयाँ सेवाको शुभारम्भ हुनलागेको हो । स्थानीय जनतालाई सुगम तरिकाले सेवा प्रबाहमा भुमि ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय निरन्तर सकृय हुदै गर्दा पर्साको पोखरीयामा मालपोत र नापीको नयाँ कार्यलाय समुदघाटन एबम सेवा शुभारम्भहुने भएको हो। फागुन ४ गते कपिलवस्तुको बाणगङ्गामा सम्पन्न भएपछि पोखरीयामा हुन लागेको हो ।यसरी नै जुम्लाको सिन्जामा १७ चैत्रमा हुनेछ । यसपछिको मिसन करिब १२ लाख परिवारभुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिको समस्या समाधानका लागि जग्गाधनी पुर्जा बितरण केन्द्रित हुने भुमि ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीले बताउनु भयो ।पुर्जा बितरन मध्ये नेपालको चितवनबाट शुरु भइ मेचीदेखि महाकाली सम्म तराई देखि हिमाल सम्म उत्साहजनक रुपमा हुने मन्त्री अधिकारीले बताउनुब्भयो ।जनतालाइ परेका समस्या समाधानमा सक्रियताका साथ लागि रहने बताउदै ।रचनात्मक सुझाव सल्लाह र प्रतिक्रियाको अपेक्षा राखेको मन्त्री अधिकारीको भनै छ ।

प्रकाशित : १४ फाल्गुन २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६