ब्रेकिंग न्युज

सांसद पन्थी समेतलाई पक्राउ नगर्न अदालतको अर्को आदेश




कपिलवस्तु ३१ वैशाख । मोरङ जिल्ला अदालतले जारी गरेको कम्पनीको नाममा रकम भराउने पूर्जी सार्वजनिक हुँदा पुबाग्राहि ढंगले व्यक्तिको नाम राखिएको कुरा अदालतले अर्को आदेशबाट सच्चाएको छ। प्रदेश सांसद तथा पूर्वमन्त्री विष्णु पन्थीसमेत दुईजनालाई पक्राउ गर्नु नपर्ने आदेश गरेको छ । यसअघि वादी श्याम राठी प्रतिवादी गौतमबुद्ध हाईड्रोपावर प्रालिसमेत भएको व्यापारिक लेनदेन विगो मुद्दामा सो अदालतबाट २०८१ बैशाख ३१ मा भएको आदेशानुसार वादीले पाउने गरी फैसलाले ठहर भएको विगो रकम प्रतिवादीले सो अदालतमा धरौटी दाखिला गरिसकेकोले पक्राउ नगर्न प्रहरीलाई अदालतले पत्राचार गरेको छ । अदालतका तहसिलदार बुद्धराज निरौलाले अदालतको चनं ३०१६ को पत्रमा प्रतिवादीहरूलाई पक्रउ नगर्नु जिल्ला प्रहरी कार्यालय काठमाण्डौलाई पत्राचार गरेका हुन् । पत्रमा काठमाण्डौ २९ अनामनगरस्थित गौतमबुद्ध हाइड्रो पावर प्रालिका संचालक देवराज खनाल र संचालक विष्णु पन्थीको नाम उल्लेख गरिएको छ ।
अदालतको फैसला अनुसार पल्लवि इलेक्ट्रिकल बिराटनगर भन्ने श्यामराठिले ट्रान्स्फरमर खरिदमा गौतमबुद्ध हाइड्रोपावरबाट असुल उपर गर्नुभन्ने बाँकी रकम १३ लाख ५४ हजार भराई पाउने फैसलामा गौतमबुद्ध हाइड्रोपावर कम्पनीका ४६ जना संचालक मध्ये बिष्णु पन्थीलाई नै पुर्जी कटाउने कुरा प्रतिशोधपुर्ण र चरीत्र हत्या गर्ने कार्य भएको सांसद पन्थीले प्रेस पाटि अनलाइनलाई बताए ।१० महिनाअघि आएको आदेश आइतबार मात्रै सार्वजनिक भएको थियो । तर त्यो आदेशमा कम्पनीबाट बाँकी रकम भराउन भनिएको भएपनि पत्र बनाउँदा कर्मचारीको मिलेमतोमा सांसद पन्थीको नाममा बनाएको देखिएको छ ।
पन्थीका अनुसार देवराज खनालसहित ४६ जनाले सञ्चालन गरेको हाइड्रोपावर घाटामा गएकाले १० वर्षअघि बन्द भएर बेचिएको थियो । कम्पनीमा कुनै ऋणीले जानकारी नदिई मुद्दा हालेको उनले दावी गरेका थिए । मुद्दा दर्ता भएको र फैसला भएको आइतबार पत्रकारबाटै थाहा पाएको र त्यो विषयमा आफूलाई कुनै जानकारी नभएको उनको दावी छ । गौतम बुद्ध हाइड्रो पावर प्रालि काठमाडौंलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिले विद्युतीय सामग्री उधारोमा उपलब्ध गराएको थियो । सो रकम नतिरेपछि दायर भएको मुद्दामा पन्थी र देवराज खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
कारोबार गर्ने क्रममा २०७३ सालमै गौतम बुद्ध हाइड्रोपावर प्रालिले १८ लाख ५४ हजार रुपैयाँको सामान लगेको बताइएको छ । सोमध्ये पल्लवी इलेक्ट्रा प्रालिलाई ५ लाख रुपैयाँ दिइएको थियो । बाँकी रकम नदिएपछि जिल्ला अदालत मोरङमा पल्लवी कम्पनीले २०७५ चैत ११ गते मुद्दा दर्ता गरेसँगै जिल्ला अदालत मोरङका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले बाँकी रकम १३ लाख ५४ हजार रुपैयाँ भराउने फैसला गरेको थियो ।
अदालतको आदेशपछि सांसद पन्थीले मुद्दा दिएको कम्पनीप्रति आक्रोश पोखेका छन् । ‘श्यामराठी बिराटनगर ९पल्लवी इलेक्ट्रिकल० महँगोमा सामान बेच्छ अरुलाई अनि मुद्दा हाल्छ अर्कोलाई विराटनगरमा अनि म्याद तामेली बेरितपूर्वक सिंहदरबार पूर्वीगेट काठमाडौंमा गर्छ एकतर्फी मुद्दा जित्छ, फैसलामा गौतम बुद्ध हाइड्रोपावरबाट असुल उपर गर्नु भन्ने आउँछ अनि ४६ जनामा रोजेर विष्णु पन्थीलाई पुर्जी कटाउँछ’ उनले भनेका छन् ।

प्रकाशित : १ जेष्ठ २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६