गण्डकी

फलामे अनुशासनबाट मात्र सुदृढ संगठन एमाले नेता न्यौपाने जन सरोकारका विषयमा हामि जवाफ देही छौं प्रदेश सभा सदस्य पंथी



कपिलवस्तु भाद्र १९ गते,
नेकपा (एमाले) का केन्द्रिय कमिटी सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले (एमाले) फलामे अनुशासनबाट मात्र दीर्घकालिन सुदृढ संगठन संभव रहेको तर्क गर्नु भयो । कपिलवस्तु इन्चार्ज एवम् लुम्बिनी प्रदेश सभा सदस्य न्यौपानेले आफ्नो पदीय जिम्मेवारी पुरा गर्न नसक्ने तर नेताको वरिपरि घुम्ने र आफ्नो पद जोगाउने परिपाटीको अन्त्य गर्दै जनताको बीचमा काम गर्ने कार्यकर्ता मात्र जनताको बीचमा स्थापित हुने जिकिर गर्नु भयो । नेता न्यौपानेले जनताका सवालमा खटन कार्यकर्तालाई आग्रह गर्नु भयो । नेकपा (एमाले) जिल्ला सचिवालयको बैरियामा आइतवार सम्पन्न सातौ वैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।
वैठकमा एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथीले समृत नेपाल, सुखी नेपालीको परिकल्पना पुरा गर्ने कार्यमा निश्वार्थ जनप्रतिनिधी र पार्टी नेतृत्व लाग्नु पर्नेमा जोड दिनु भयो । प्रदेश सभा सदस्य पंथीले विगतको कपिलवस्तु जिल्ला र हालको कपिलवस्तुलाई तथ्यगत हिसावले विश्लेषण गर्न आवश्यक रहेको चर्चा गर्नु भयो । नेता पैथीले हामिले हिजको पञ्चायत पनि भोगेका छौं र अहिले हामि गणतान्त्रिक ब्यवस्थामा छौं यसको तथ्यगत विश्लेषणको आवश्यकता रहेको चर्चा गर्नु भयो । पंथीले आर्थिक सुचाङक, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य सबै क्षेत्रको वस्तु निष्ठ विश्लेषणको समय आएको चर्चा गर्नु भयो ।
जिल्ला सचिवालय वैठकमा एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले वैठकका प्रस्तावहरुm प्रस्तुत गर्नु भएको थियो । वैठकले भाद्र ५ गते भित्र पार्टीको विधान महाधिवेशनमा प्रस्तुत हुने विधानका सन्दर्भमा वडा तहदेखि नै राय, सुझाव संकलन गर्ने निर्णय गरेको छ । त्यस्तै वैठकले भाद्र १५ गते भित्र जिल्ला विभाग र पार्टीको पालिका स्तरका वैठकहरु सम्पन्न गर्न निर्णय गरेको छ । सोही वैठकले पार्टीका बाँकी रहेका वडा तहका अधिवेशन र जनवर्गी सगठनका जिल्ला सम्मेलन असोज १० गते भित्र सम्पन्न गर्ने निर्णय गरेको जिल्ला उपसचिव देवी बहादुर पोख्रेलले जानकारी दिनु भयो । सोही वैठकले १४ वटा विषयमा जिल्ला स्तरीय प्रशिक्षण संचालन गर्ने निर्णय गरेको एमाले कपिलवस्तुले जनाएको छ । वैठकले स्वास्थ्य लाभ एवम् अन्य महत्वपूर्ण विषयमा समेत छलफल गरी निर्णय गरेको जिल्ला उपाध्यक्ष शंकर पाण्डेल जानकारी दिनु भयो ।
सचिवालय वैठकमा लुम्बिनी प्रदेश कमिटी सदस्य डम्मर शर्माले जनताका वास्तविक समस्या बुझन र सही निश्कर्ष निकाल्नका निम्ति वैठक निकै महत्वपूर्ण रहने धारणा राख्नु भयो ।
वैठकमा एमाले नेताहरु खुम प्रसाद आचार्य, कृष्ण पौडेल, नेत्रराज अधिकारी, द्रोणराज सुवेदी, विश्राम प्रसाद चौधरी, धनु अधिकारी, लगायतका नेताहरुको आतिथ्यता रहेको एमाले जिल्ला उपसचिव शुसिला दरलामीले बताउनु भयो ।
वैठक जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षता, उपाध्यक्ष शंकर पाण्डेको स्वागत मन्तब्य र जिल्ला सचिव सिवि गहतराजले संचालनमा सम्पन्न भएको एमाले कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : २० श्रावण २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६