बागमती

वडामै ‘राष्ट्रिय परिचय पत्र’को सेवा



काभ्रेपलाञ्चोक, १९ भदौ

सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि तेमाल गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयको सहयोगमा भदौ दोस्रो साता वडास्तरिय ‘घरदैलो सेवा’ अभियान सञ्चालन ग¥यो । पनौती नगरपालिकाले बुधबारदेखि १० दिनको शिविर आयोजना गरी सेवा सुरु गरेको छ ।

तेमालको शिविरबाट ज्येष्ठ नागरिक, एकल महिला र शारीरिक अपाङ्गता भएका व्यक्तिले निकै ठूलो राहातको महसुस गरे । एक साताको अभियानमा २ सय २४ लक्षित वर्गले सेवा लिएको गाउँपालिकाले जनाएको छ । ‘नागरिकलाई घरदैलो सेवा अभियान’लाई प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष दलमान थोकरले जानकारी दिनुभयो । उहाँका अनुसार बृद्धबृद्धा तथा अशक्तलाई सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटेको हो । 

नागरिकलाई स्थानीयस्तरमै सेवा दिने कार्यलाई निरन्तरता दिइने तथा यस्ता नविनतम् कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजना बनाउँदै गरेको थोकरको भनाई छ । तेमाल–६ निबासी ७५ वर्षीया वृद्धा धनमाया तामाङले आफु टाढासम्म जान निकै कठिन हुने भएकाले वडाकै टोलमा आएर परिचयपत्र बनाउन पाउँदा अब भत्ता नरोकिनेमा खुसी व्यक्त गर्नुभयो । उक्त अभियानका कारण विशेष गरी सामाजिक सुरक्षा भत्ता लिने सेवाग्रही उत्साहित देखिएको जनाइएको छ । 

यसअघि तेमालले गाउँ छाडेर सहर बस्ने आफ्ना नागरिकलाई शिविरमार्फत सेवा दिएको थियो । विशेषगरी सामाजिक सुरक्षा भत्ता बितरण एवं परिचयपत्र नविकरण गर्नुपर्ने काठमाडौ उपत्यकालगायतका सहरमा बस्ने नागरिकलाई घुम्ती शिविरमार्फत ५ सय ९१ नागरिकलाई सेवा दिएको थियो । 

यस्तै बुधबारदेखि पनौती नगरपालिकाले १० दिने शिविरमार्फत सामाजिक सुरक्षा भत्ता तथा अन्य सेवाग्राहीलाई लक्षित गरी वडा नं १ बाट सेवा सुरु गरेको छ । विशेषगरी राष्ट्रिय परिचयपत्र निर्माणलाई प्राथमिकता दिई शिविर सञ्चालन सुरु लागिएको नगरका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिनुभयो । रासस

प्रकाशित : १९ भाद्र २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६