ब्रेकिंग न्युज

मानव बेचबिखनविरुद्धका अभियन्ता सम्मानित



काठमाडौँ, २० भदौः

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा योगदान पुरयाउने अभियन्तालाई सम्मान गरिएको छ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९औँ राष्ट्रिय दिवसका अवसरमा यहाँ शुक्रबार आयोजित कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शान्ति फाउन्डेसनका अध्यक्ष सन्जमाया तामाङ र प्रहरी नायब निरीक्षक रुद्रप्रसाद भट्टलाई सम्मान गरिएको हो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा योगदान पु¥याएबापत उहाँहरूलाई जनही रु ३५ हजार नगदसहित सम्मान गरिएको हो । यस्तै मन्त्रालयले जिल्ला प्रहरी कार्यालय पर्सा र कपिलवस्तुको कृष्णनगर नगरपालिकालाई पनि सम्मानित गरेको छ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९औँ राष्ट्रिय दिवसका अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा आज काठमाडौँका विभिन्न स्थानमा मानव बेचबिखनविरुद्ध ¥याली निकालिएको छ ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न स्थानीय तहलाई सबैभन्दा बढी जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव बेचबिखन तथा ओसारपसारको मुख्य कारण पत्ता लगाएर मात्र सरकारले समाधानका उपाय खोज्नुपर्ने बताउनुभयो । 

प्रकाशित : २१ भाद्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६