अर्थ-वाणिज्य

कृषि उत्पादन सहज रूपमा ढुवानी व्यवस्था मिलाउन विभागको अनुरोध



काठमाडौँ, २७ भदौः

कृषि विभागले देशभर तरकारी, फलफूल, बीउबेर्नालगायत कृषि उत्पादनको सहज ढुवानीको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

देशमा विद्यमान असहज र विषम परिस्थितिका कारण कृषिजन्य उत्पादन ढुवानीमा समस्या देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको विभागले यस्तो अनुरोध गरेको प्रवक्ता जगन्नाथ तिवारीले जानकारी दिनुभयो । यसका कारण उपभोक्ताले तरकारी, फलफूल, बीउबेर्नालगायत कृषि उत्पादन सहजरूपमा उपभोग गर्न पाएका छैनन् । यसले गर्दा कृषक, कृषि उद्यमी र कृषि व्यवसायीसमेत मारमा परेका छन् । कृषक, कृषि उद्यमी र कृषि व्यवसायीकै मागका आधारमा विभागले यस्तो सूचना जारी गरेको हो ।

देशका विभिन्न स्थानमा उत्पादन भएका तरकारी, फलफूल, बीउबेर्नाजस्ता कृषिजन्य उत्पादन एक स्थानबाट अर्को स्थानसम्म ढुवानी गर्न राजमार्गमा सिर्जित समस्या समाधान गर्नुपर्नेमा विभागले जोड दिएको उहाँले जानकारी दिनुभयो । ‘अति संवेदनशील र नाशवान कृषि उत्पादन निर्धारित समयभित्र गन्तव्य नपु¥याए मुलुकको समग्र खाद्य सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने देखिएको छ,’ विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले आज जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ । 

प्रकाशित : २८ भाद्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६