अर्थ-वाणिज्य

पहिरोले एक परिवार विस्थापित



गलकोट (बागलुङ), २९ भदौः

बागलुङ नगरपालिका–८ सिगानामा पहिरो खस्दा एउटा गोठ पुरिएको छभने एक परिवार विस्थापित भएका छन् ।

सिगाना पाखाबारीस्थित रामबहादुर खड्काको घरमाथिबाट आएको पहिरोले गोठ पुरेको छभने घरमा आंशिक क्षति पुर्याएको छ । अहिले घरबाट सामग्री स्थानान्तरण गरिएको छ । परिवारलाई सुरक्षित ठाउँमा सारिएको बागलुङ –८ सिगानाका वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिनुभयो । वडाध्यक्ष कार्कीका अनुसार घरमाथिबाट हालै सडक विस्तार गरिएकाले चट्टानसहितको ठूलो पहिरो खसेको थियो । पहिरोले सिगानाको विद्युत् वितरणको मुख्य ट्रान्सफर्मरमा समेत क्षति पुर्याएको छ । रासस

प्रकाशित : २९ भाद्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६