ब्रेकिंग न्युज

संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्छः प्रदेश प्रमुख देवकोटा



बागमती, ३ असोज
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरूले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले संविधानको अक्षरशः पालना र कार्यान्वयन भए मुलुक समृद्धि यात्रामा तीव्र गतिमा अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको संविधान जारी भएका आजको दिनलाई उत्सवको दिनको रुपमा लिनुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।संविधानमा लिपिबद्ध हक अधिकार कार्यान्वयनका लागि सरोकारबाला सबैले आ–आफ्नो स्थानबाट पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकमा आग्रह गर्नुहुँदै उहाँले संविधान कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य मान्यता र प्रणालीलाई राष्ट्रिय जीवन पद्धति बनाउन संविधान दिवसले हामी सबैमा नयाँ उत्साह प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।संविधान जारी भएको १० वर्षमा लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरू सम्पादन भएको र संविधानमा मूलभूत लोकतान्त्रिक मूल्य मान्यताहरू समेटिएको उल्लेख गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले सकारात्मक कामको पहलमा सबैको एक्यबद्धता आवश्यक रहेको बताउनुभएको छ ।

प्रकाशित : ३ आश्विन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६