ब्रेकिंग न्युज

आन्तरिक राजस्व कार्यालयको विद्युतीय उपकरणमा क्षति



वीरगञ्ज (पर्सा), ५ असोज
जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको कारणले आन्तरिक राजस्व कार्यालय वीरगञ्जको भवनबाहेक रु एक करोड मूल्यबराबरका कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको छ ।गत भदौ २४ गतेको आगजनीका कारण आन्तरिक राजस्व कार्यालयका विभिन्न कोठामा पनि क्षति पुगेको छ । आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामेश्वरकुमार मिश्रले आन्दोलनका क्रममा करिब एक करोड मूल्य बराबरको कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिनुभयो ।“कर सङ्कलन शाखामा पनि सबैभन्दा धेरै क्षति भएको छ”, उहाँले भन्नुभयो, “कार्यालयका कम्प्युटर, प्रिन्र्टसलगायतका विद्युतीय उपकरण आगजनीले जल्नुका साथै लुटपाट पनि भएको छ ।” कार्यालयका अनुसार भवनको तल्लो तलाका रहेका अधिकांश संरचनामा क्षति भएको छ । यसमध्ये एउटा कोठा त सबै जलेर नष्ट भएको जनाएको छ ।

प्रकाशित : ५ आश्विन २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६