ब्रेकिंग न्युज

ब्रम्हायणी मेलासँगै भक्तपुरको शक्तिपिठमा भक्तजनको घुइँचो



भादगाउँ, ६ असोज
नवरात्राका अवसरमा आज भक्तपुरको ब्रम्हायणी शक्तिपिठमा बिहानैदेखी भक्तजनको घुइँचो लागेको छ । आजको दिन घर घरको पूजाकोठामा दुर्गा भवनीलाई आह्वान गरी जमरा राख्न ब्रम्हामायणी घाटमा स्नान गरी ब्रम्हायणी देवीको पूजाआरधना गरी जमरा राख्न पागो माटो र खोलाको जल लिन भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।आजैदेखि शक्तिपिठ बाहेक यहाँको दरबार स्क्वायरको तलेजु र क्वाठण्डौँस्थित एकान्त कुमारी देवगृहमा पनि मेला लागेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि भक्तपुरमा नवरात पनि सुरु भएको छ ।नवरातको समयमा नौ दिनसम्म क्रमशःभक्तपुरको ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी मन्दिरमा दर्शनका लागि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।

प्रकाशित : ६ आश्विन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६