जनकपुरधाम, १७ असोज
मधेस प्रदेश सरकारले सात वर्ष अघि ‘बेटी पढाऔँ, बेटी बचाऔँ’योजनाअन्र्तगत सुरु गरेको छोरी शिक्षा बिमा कार्यक्रममा बजेट अभावका कारण स्थगित गरिएको छ । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटमा उक्त कार्यक्रमका लागि बजेट नै विनियोजन नगरेको हो । शिक्षा विकास निर्देशनालयकाछोरी शिक्षा बिमाकार्यक्रमका संयोजक प्रियकां यादवले बजेट नहुँदा कार्यक्रम स्थगित भएको बताउनुभयो ।
उक्त कार्यक्रममार्फत हालसम्म १४ हजार ४५३ जना छोरीको बिमागरिएकोनिर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५÷७६मा पाँच हजार ६६६, आव २०७८÷७९ मा एक हजार ७०२, आव २०७९÷८० मा तीन हजार ३०२ र आव २०८०÷८१मा तीन हजार७८३ जना छोरीको बिमागरिएको थियो ।
कार्यक्रमअन्र्तगत हालसम्म १० हजार जना छोरीको प्रिमियम तिर्न बाँकी रहेको संयोजक यादवले बताउनुभयो । एक जना छोरीको बिमा गर्दा रु ३७ हजार ४५७प्रिमियम तिर्नुपर्छ ।








प्रतिक्रिया