खोज–अनुसन्धान

२०४६, २०५२, २०६३ र २०८२ सालको कथा



नेपालको राजनीतिक इतिहास निरन्तर आन्दोलन र रुपान्तरणको शृङ्खला हो। कहिले राजतन्त्रविरुद्ध, कहिले निरङ्कुशताविरुद्ध, कहिले असमानता र अन्यायविरुद्ध— नेपाली जनताले पटक–पटक सडकमा उत्रिएर आफ्ना अधिकार खोजेका छन्। २०४६, २०५२, २०६३ र आगामी २०८२ साललाई हेर्दा, यी सबै आन्दोलनहरू एउटै धागोले गाँसिएका देखिन्छन्— स्वतन्त्रता, समानता र न्यायको खोज।

२०४६ साल : बहुदलको पुनर्जन्म  २०३७ सालको जनमत संग्रहपछि पञ्चायती व्यवस्था टिकेको थियो। तर, त्यो व्यवस्थाले जनताको आवाज दबाएको थियो। राजनीतिक दलहरू प्रतिबन्धित थिए, स्वतन्त्रता सीमित थियो। नागरिक अधिकार खोसिएको थियो ।   (का रण): पञ्चायतको निरङ्कुशता, दलको अधिकार खोसिएको अवस्था, जनताको असन्तोष ।  (२०४६) को जनआन्दोलन सफल भयो। राजा वीरेन्द्रले बहुदलको नःस्थापना गर्नुपर्‍यो। संविधान २०४७ जारी भयो। तर, यस आन्दोलनले ल्याएको लोकतन्त्र अझै “अपूर्ण” थियो। सत्ता फेरबदल भए पनि, जीवनस्तरमा तत्काल सुधार आएन। जनताको सपना पूरा भएन  २०५२ साल बन्दुकबाट उठेको आवाज २०४६ पछि आएको बहुदलीय लोकतन्त्रले किसान, मजदुर, सीमान्तकृत वर्गलाई न्याय दिन सकेन। संसदमा दलहरूको आपसी द्वन्द्व, भ्रष्टाचार, ढिलासुस्ती देखियो। यसै बीच २०५२ साल फागुन १ गते माओवादीले “जनयुद्ध” सुरु गर्‍यो।

 भूमिहीनता, असमानता, बेरोजगारी, दलाल–पुँजीवाद, र राज्यको उदासीनता। परिणाम  १० वर्ष लामो द्वन्द्व। १७,००० भन्दा बढीको ज्यान गयो। हजारौँ परिवार विस्थापित भए। तर अन्ततः राज्य र माओवादी दुवैलाई संवादमा आउन बाध्य पारियो    यो चरण नेपालकै राजनीतिक दिशामा गहिरो प्रभाव पार्ने मोड बन्यो।

२०६३ साल : जनआन्दोलन र गणतन्त्रको यात्रा  २०५८ मा राजा वीरेन्द्र परिवारको नाशपछि गद्दीमा चढेका राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन लिन खोज्दा परिस्थिति फेरि उग्रियो। संसद विघटन, दलको अधिकार खोसिएको, प्रेस नियन्त्रण, मानवअधिकार हनन भयो। यहीबीच २०६३ सालको दोस्रो जनआन्दोलन भयो। राजाको निरङ्कुशता, जनयुद्धको प्रभाव, शान्तिको खोज, जनतामा बढेको असन्तोष राजा ज्ञानेन्द्र पराजित।

संसद पुनःस्थापना,  शान्ति सम्झौता।

२०६५ मा गणतन्त्र घोषणा।   यो आन्दोलनले नेपाललाई नयाँ युगमा प्रवेश गरायो— राजतन्त्र अन्त्य भई संघीय लोकतान्त्रिक २०६३ को आन्दोलनपछि जनताले नयाँ नेपालको सपना देखेका थिए। तर १५ वर्ष बितिसक्दा पनि वास्तविक परिवर्तन भने देखा परेन। भ्रष्टाचार, नातावाद, बेरोजगारी अझै उस्तै छन्। विदेश पलायन अझै बढेको छ। नयाँ पुस्ता (Gen Z) ले राजनीति “पुरानो पुस्ताको खेल” मात्र देखिरहेको छ। त्यसैले, २०८२ साललाई धेरैले सम्भावित नयाँ आन्दोलनको संकेतका रूपमा हेरेका छन्    नेताहरूको असफलता।

किन हाम्रा साथीहरू रोजगारी खोज्न विदेश जान बाध्य?  यी प्रश्नको जवाफ दिन नसक्ने नेताको दिन सकिन्छ।  इतिहासले दिएको चेतावनी   नेपालको हरेक आन्दोलनले एउटा नयाँ ढोका खोलेको छ। तर ढोका खोलेपछि भित्रको कोठा भने अझै अध्यारो रह्यो। यदि २०८२ सालमा फेरि आन्दोलन भयो भने, त्यो केवल सत्ता परिवर्तनको लागि होइन, पूर्ण प्रणालीगत परिवर्तनको लागि हुनुपर्नेछ।

आजको युवाले यसपटक केवल आन्दोलन मात्र होइन, विकल्प निर्माण पनि गर्नुपर्छ। अब कुनै राजाको सिंहासनारोहण छैन, कुनै नातावादी शासन छैन। अबको नेतृत्व पारदर्शी, जवाफदेही र जनमुखी  “नेपालको आन्दोलनको कथा अझै समाप्त भएको छैन। २०४६, २०५२ र २०६३ का आन्दोलनहरूले हामीलाई हिँड्न बाटो देखाएका थिए। अब २०८२ सालमा, नयाँ पुस्ताले त्यो बाटो कहाँ मोड्ने हो भन्ने निर्णय गर्नुपर्नेछ। इतिहासको पाना फेरिन बाँकी छ।”

प्रकाशित : २७ आश्विन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६