अन्तर्राष्ट्रिय

नेपालका लागि इजरायली पूर्वराजदूत गोदारले विपिनको फोटो पोष्ट गर्दै लेखे-सधैं सम्झिरहने छु



२८ असोज, काठमाडौं ।

नेपालका लागि इजरायली पूर्वराजदूत हानान गोदारले विपिन जोशीलाई ‘ऊर्जावान र क्षमतावान’ युवा भनेर स्मरण गरेका छन् ।

हमास विद्रोहीबाट मारिएका जोशीसँगको भेटको तस्वीर सार्वजनिक गर्दै गोदारले विपिनलाई सधैं सम्झिरहने पनि बताएका छन् ।लर्न एण्ड अर्न कार्यक्रमका लागि विपिन इजरायल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गर्दाको तस्वीर फेसबुकमा पोष्ट गर्दै पूर्वराजदूत गोदारले सामाजिक सन्जालमा लेखेका छन्, ‘दुई वर्षको आशा आज अन्त्य भयो ।’

इजरायल जानुअघि विपिनलाई भेट्ने अवसर प्राप्त भएको भन्दै गोदारले थप लेखेका छन्, ‘उनी ऊर्जावान र क्षमतावान युवा विद्यार्थी थिए जो आफ्नो परिवार, समुदाय र देशका लागि राम्रो गर्न चाहन्थे ।’ उनले विपिनको शान्तिको कामना गर्दै सधैं सम्झिरहने उल्लेख गरेका छन् ।हमासले इजरायलको किवुत्ज शहरमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीहरु मारिएका थिए भने विपिन जोशी वेपत्ता पारिएका थिए । उनको मृत्यु भएको भन्दै हमासले इजरायल मंगलबार शव हस्तान्तरण गरेको छ । अब डिएनए टेष्ट गरेर विपिनको शव पुष्टि भएपछि परिवारलाई हस्तान्तरण गरिने इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ । श्रोत अनलाईन खबर

प्रकाशित : २८ आश्विन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६