ब्रेकिंग न्युज

एमाले शिवराज चियापानमा उत्साहजनक उपस्थिती



कपिलवस्तु ३ असोज

नेकपा (एमाले) शिवराज नगर कमिटीले आइतवार आयोजना गरेको चाडपर्व तथा चियापान कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवम् कपिलवस्तु जिल्ला ईन्चार्ज गिरधारिलाल न्यौपानेले एमाले र देश माथि भइरहेको आक्रमण विदेशी स्वार्थसँग जोडिएको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज न्यौपानेले एमाले संसद पुनःस्थापनाको पक्षमा रहेको बताउनुभयो । एमाले विध्वंस होइन, विकास र जनविश्वासको पक्षमा उभिएको पार्टी रहेको उल्लेख गर्नु भयो । जनताको भरोसा जित्न काम र व्यवहार नै हाम्रो मूल मन्त्र हो । लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाभिमानका लागि अब जनआन्दोलनको विकल्प अरु नभएको उहाँले बताउनु भयो ।

एमालेका पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य बलराम अधिकारीले हाल एमालेलाई कमजोर पार्ने षड्यन्त्र विदेशी शक्तिलाई रिझाउनका लागि गरिएको बताउनुभयो । जेन्जीको नाममा केही दलाल र देशद्रोहीहरू विदेशी शक्तिसँग मिलेर देशलाई तहसनहस पार्ने प्रयासमा लागेको उहाले बताउनु भयो ।

नेपाली जनताको हितमा काम गरेको देख्न नसक्नेहरूले अन्तर्राष्ट्रिय शक्तिको सायताले एमालेलाई सत्ताबाट हटाउने खेलमा यो आन्दोलन गरेको उहाँले बताउनु भयो ।

लुम्बिनी प्रदेशसभा सदस्य नेत्रराज अधिकारीले कठिन परिस्थितिमा पनि एमाले विचलित नहुने उल्लेख गर्दै भन्नुभयो, “एमाले कुनै पनि बहानामा कमजोर हुँदैन, कठिन परिस्थितिमा पनि एमाले उभिने पार्टी हो । जसले पार्टीबाट लाभ लिन्छ, त्यही पछि गएर पार्टीलाई गाली गर्छ, तर सच्चा कार्यकर्ता कहिल्यै विचलित हुँदैन । यो अवस्थामा विभिन्न बाहानामा राजिनामा दिनेहरु एमाले हुन नसक्ने बताउनु भएको थियो ।

त्यसैगरी, लुम्बिनी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री अर्जुन कुमार केसीले वर्तमान राजनीतिक अस्थिरता देशको दीर्घकालीन विकासका लागि घातक रहेको बताउनुभयो । एमालेमाथि भएको आक्रमण केवल पार्टीमाथि होइन, राष्ट्रिय स्वाभिमानमाथि भएको आक्रमण भएको केसिले बताउनु भयो ।

एमालेले विकास, सुशासन र राष्ट्रिय स्वार्थको पक्षमा काम गरेको देखेर विदेशी स्वार्थ र अवसरवादी शक्तिहरू असहज बने पछि आन्दोलन रचेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनालले पार्टी संगठनलाई अझ सुदृढ बनाउने आवश्यकता औंल्याउँदै एमाले आज पनि जनताको विश्वासको केन्द्र रहेको उल्लेख गर्नु भयो ।

संगठनकै बलमा हामीले राष्ट्र, समाज र विकासका एजेन्डा अघि सारेका छौं । अब हरेक वडा र टोलस्तरमा पार्टी सशक्त संगठनका रूपमा उभिनु नै हाम्रो प्राथमिकता हो अध्यक्ष खनालले भन्नू भयो ।

त्यसैगरी, एमाले केन्द्रीय सदस्य सुशील श्रीवास्तवले पार्टीभित्रको एकता र अनुशासनलाई बलियो बनाउन सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एमाले देशको स्थायित्व र राष्ट्रिय स्वाभिमानको पर्याय हो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर हामी सबैले संगठनलाई सुदृढ बनाउने संकल्प गर्नुपर्छ ।”

कार्यक्रममा सम्बोधन गर्दै एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य अकबाल अहमद शाहले पार्टीको पहुँच र प्रभाव सबै समुदायमा बढ्दै गएको बताउनुभयो ।

जाउहाँले एमाले सबै धर्म, जात र समुदायको साझा संगठन भएको उल्लेख गर्नु भयो ।

हामी सबै नेपाली एकताबद्ध भएर देश विकास र राष्ट्रिय एकताको अभियानमा अघि बढ्नुर्ने केन्द्रिय सदस्य सुशील श्रीवास्तबले बताउनु भयो ।

कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन गर्दै एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेलले नगरमा एमाले संगठन अझ बलियो र सक्रिय बन्दै गएको बताउनु भयो । जनताको विश्वास, कार्यकर्ताको समर्पण र नेतृत्वको दृढताले हामीलाई नयाँ ऊर्जासहित अघि बढ्न प्रेरित गरेको उल्लेख गर्नु भएको थियो । राजनीति सेवा र विकासका माध्यमबाट पार्टीको सिद्धान्तलाई आत्मसात् गर्नु पर्ने बताउनु भयो ।

स्थानीयस्तरमा जनताको समस्या समाधान, विकासका एजेन्डा अघि सार्ने र संगठनलाई जनतामाझ पहुँचयुक्त बनाउन अहिलेको प्राथमिकता रहेको बताउनु भयो । एमालेलाई कमजोर पार्ने प्रयास सफल नहुने भन्दै एमाले जनताको मन र माटोसँग जोडिएको पार्टी रहेको बताउनु भयो ।

प्रकाशित : ४ कार्तिक २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६