ब्रेकिंग न्युज

हुम्लाको डाँडाफयामा भालुको आतङ्क



सिमकोट, (हुम्ला), ८ कात्तिक
यतिबेला हुम्लाको सिमकोट सिमकोट गाउँपालिका–७, डाँडाफया गाउँमा भालुले आतङ्क मच्चाएको छ ।

डाँडाफया गाउँका स्थानीयको घरआँगनमै भालु पसेर मौरीघारदेखि भेडाबाख्रा खोरसम्म तोडफोड गर्न थालेको छ । गाउँमा यतिबेला भालु पसेर मौरीघारमा तोडफोड गरी मह खाएर नोक्सानी गर्ने गरेको स्थानीय मन्दिर सिंहले बताउनुभयो ।

यो महिना मह निकाल्ने मुख्य सिजन चलिरहेका बेला भालुले मौरीघार नष्ट गरेपछि किसानहरू चिन्तित भएको सिंहले बताउनुभयो । मौरीको मह बिक्री गरेर घरखर्च चलाउने योजना बनाएका किसानहरू अहिले आर्थिक नोक्सानीमा परेको उहाँको भनाइ छ ।

स्थानीय मौरीपालक देवी शाहीका दुई वटा, धनबहादुर शाही (सार्की) का तीन वटा र जङ्गसुर शाहीका तीन वटा गरी आठ वटा मह निकाल्ले तयारीका मौरीघारमा भालुले क्षति गरेको छ ।

सिंहका अनुसार देवी शाहीको घरमा रहेको कुकुर समेत भालुले मारेको छ । अहिले मौरीको घारमा भालुले क्षति गरेको छ । भालुलाई नियन्त्रण नगरेमा गाउँमा पशु चौपायदेखि मानवीय क्षतिसम्म हुनसक्ने भएकाले भालुलाई नियन्त्रण गर्ने उपाय निकाल्न स्थानीयले आग्रह गरेको सिंहले जानकारी दिनुभयो ।

भालु नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने भन्दै गाउँका सबैलाई सावधानी अपनाउन र बस्ती नजिकको जङ्गलमा नजान आग्रह गरिएको छ ।

प्रकाशित : ९ कार्तिक २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६