अन्तर्राष्ट्रिय

भारतमा शक्तिशाली चक्रवात ‘मोन्था’ प्रवेश



चक्रवात मोन्थाले भारतका चार प्रदेशमा असर गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतका आन्ध्र प्रदेश, तमिलनाडु, पश्चिम बंगाल र ओडिसामा ८०-९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ।

धेरै ठाउँमा रूखहरू उखेलिएका छन् र समुद्र तटहरूमा अग्ला छालहरू उठेका छन्।
चारै तटीय राज्यका तटीय क्षेत्रहरूबाट ५० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
चक्रवाती आँधी ‘मोन्था’ मंगलबार राति आन्ध्र प्रदेशका मछलीपट्टनम र कलिंगपट्टनमको बीच दक्षिणमा काकीनाडा हुँदै गएको थियो।
भारतीय मौसम विभागका अनुसार, यो अब थोरै कमजोर भएको छ।
यो भीषण चक्रवाती आँधी मंगलबार साँझ ७ बजे आन्ध्र प्रदेशको काकीनाडानजिकै जमिनमा ठोकिएको थियो।

आँधीले मंगलबार साँझसम्म राज्यका धेरै भागमा भारी वर्षा गराएको थियो।

प्रकाशित : १३ कार्तिक २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६