देश

‘देशमा उत्पन्न संवैधानिक सङ्कटको समाधान गर्न वामशक्तिबीच ध्रुवीकरण आवश्यक छ’



काठमाडौँ, १२ कात्तिक

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी शक्तिबीच ध्रुवीकरणको आवश्यकता रहेको बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले अहिले देशमा उत्पन्न संवैधानिक सङ्कटको समाधानका लागि वामपन्थी शक्तिबीच ध्रुवीकरण आवश्यक रहेकामा जोड दिनुभयो ।

कम्युनिष्ट पार्टीमा विकृति र विसङ्गति फैलिएकाले नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिँदै उहाँले सिद्धान्तमा निष्ठावान तथा जनताप्रति समर्पित वामसमूहबीच एकता, सहकार्य र समन्वय अपरिहार्य रहेको विचार व्यक्त गर्नुभयो । अध्यक्ष नेपालले मुलुकमा देखिएको वर्तमान समस्या र अन्योलता समाधान गर्न चुनावको विकल्प नरहेको बताउँदै सरकारले सबै दललाई विश्वासमा लिएर निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय राजनीतिमा कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा र विश्वास रहेको बताउँदै अध्यक्ष नेपालले मुलुकको राजनीतिलाई जनताको पक्षमा ल्याउन कम्युनिष्ट शक्ति संवेदनशील हुनुपर्ने उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले जेनजी प्रदर्शनको भावनालाई समेट्नगरी पार्टीले पार्टी कमिटीमा २० प्रतिशत युवा सुनिश्चित गर्ने जनाउँदै सुशासन, रोजगारी, जनतालाई सहज रूपमा सेवा प्रवाहलगायत विषयलाई सबैले प्राथमिकता राख्नुपर्ने बताउनुभयो ।

आजदेखि कात्तिक १४ गतेसम्म काठमाडौँमा बस्ने बैठकमा वामपन्थी शक्तिबीच एकता तथा सहकार्य गर्ने विषयमा नेताहरूबीच देखिएको मतभिन्नता र आन्तरिक विवादको समाधान केन्द्रीय कमिटी बैठकबाट गरिनेछ । पार्टीको वैचारिक दृष्टिकोण तथा सैद्धान्तिक विषयको निर्णय, पुनर्गठनको कार्ययोजनासहित अहिलेको नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको विषयमा पनि निर्णय गरिने पार्टीका पोलिटब्यूरो सदस्य ताजमोहम्मद मियाँले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा जेनजी प्रदर्शनले उठाएका भ्रष्टाचार, आर्थिक अनियमितता र सामाजिक असमानताविरुद्ध विभिन्न अभियान सञ्चालनसम्बन्धी विषय तथा आवश्यक कार्यक्रम अनुमोदन गरिने छ ।

प्रकाशित : १३ कार्तिक २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६