ब्रेकिंग न्युज

पर्यटन प्रवर्द्धन तथा आयआर्जनका लागि पूर्वाधार निर्माण



वालिङ (स्याङ्जा), १३ कात्तिकः भीरकोट नगरपालिका–४ सिसौघारीमा मन्दिरसहितको तलाउ निर्माण थालिएको छ । मन्दिरसहितको तलाउलाई धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै आम्दानीको स्रोतको रुपमा विकास गर्ने उद्देश्यले पालिकाल निर्माण थालेको हो
सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग कास्कीको एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत तलाउ, मन्दिरसहित पक्की सडक निर्माण गरिने भएको विभागका इञ्जिनियर अच्युत पौडेलले जानकारी दिनुभयो ।
“आयआर्जनको स्रोतको रुपमा बीचमा मन्दिरसहितको तलाउ निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “त्यहाँसम्म पुग्न पक्की पहुँच मार्ग निर्माण गरिने छ । सबै काम पूरा गर्न रु १२ करोड ८० लाख विनियोजन गरिएको छ ।” आगामी फागुन सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । तलाउमा निर्माण गरिएको मन्दिरमा शिवपार्वती र गणेशको मूर्ति प्रतिस्थापन गरिने छ ।

प्रकाशित : १४ कार्तिक २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६