कर्णाली

देउसीभैलोबाट सङ्कलित रकमले बाटो मर्मत



सिमकोट (हुम्ला), १८ कात्तिक

देउसीभैलो खेलेर सङ्कलन भएको रकमले बाटो मर्मत गरिएको छ । देउसीभैलो मनोरञ्जनका लागि खेल्ने गरिए पनि पछिल्लो समय यहाँका केही समूहले मनोरञ्जन मात्रै नभएर विकास निर्माणमा लगानी गर्न थालेका हुन् ।

हुम्लाको अदानचुली गाउँपालिका–१ तल्लो कल्खे गाउँका युवाले यस वर्षको तिहारमा देउसीभैलो खेलेर सङ्कलन भएको रकमले दैनिक आवतजावत गर्ने बाटो मर्मत गरेका उक्त समूहका संयोजक वर्ष महतराले बताउनुभयो । “गत वर्ष दैनिक पशुचौपाया हिँड्ने तलिखोलाको बाटो मर्मत गरेका थियौँ, यस वर्ष स्यालखेत खानेपानीको बाटो मर्मत गरेका हौँ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय दुर्गम क्षेत्रमा विकास योजना आफँै नआउने, ल्याउनु परे निकै सास्ती ब्योहोर्नुपर्ने, सानातिना विकासका योजना नआउनेलगायत समस्या भएकाले गाउँको मर्मतमा समूह जुटेको महतराको भनाइ छ ।

मुगु जिल्लाको भिइ, सोरु गाउँपालिकाको मुख्य बजार क्षेत्र, तुम्च र हुम्लाको आफ्नै गाउँमा देउसीभैलो खेली करिब रु ३५ हजार सङ्कलन भएकामा १३ जना युवाको खाना खर्च कटाएर बाँकी रकमले बाटो मर्मत गरिएको हो । दैनिक खानेपानी ल्याउने, पशुचौपाया हिँड्ने बाटो गत वैशाखमा आएको बाढीले भत्काएको थियो । 

प्रकाशित : १९ कार्तिक २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६