देश

एकता राष्ट्रिय सम्मेलन जारी



१९ कात्तिक, काठमाडौं

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दल र समूहबीचको एकता राष्ट्रिय सम्मेलन जारी छ ।
भृकुटीमण्डपमा जारी नेपाली कम्युनिस्ट पार्टी एकता राष्ट्रिय सम्मेलनमा माओवादीसँग समाहित दल तथा समूहका नेताहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।


माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो । गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन् ।
सभाले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्ने छ। चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ ।
मूल पार्टी एकतामा जाँदा केही नेताहरू भने अलग्गिएका छन् । माओवादीबाट जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरू बाहिरिएका छन् ।


माओवादीसँगको एकताप्रति असन्तुष्ट जनाउँदै आएका एकीकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अन्तिम समयमा आएर सम्मेलनमा सहभागी भएका छन् । तर, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल, रामकुमारी झाँक्रीलगायतका नेताहरू भने माओवादीसँगको एकता प्रक्रियाबाट बाहिरिएका छन्

प्रकाशित : २० कार्तिक २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६