ब्रेकिंग न्युज

जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने



काठमाडौँ, २० कात्तिक
नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकासकामा एसियाली विकास बैंक (एडिबी) विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय विकास सङ्घ र स्वीस विकास सहयोग (एसडिसी) ले सहयोग गर्ने भएका छन् ।

तीन दातृ निकायले आगामी तीन वर्षसम्म प्रदान गर्ने सहायतासम्बन्धी समझदारीपत्रमा बुधबार यहाँ हस्ताक्षर गरेका यहाँस्थित विश्व बैंकको कार्यालयले जनाएको छ ।

त्रिपक्षीय समझदारीअनुसार जलवायुजन्य जोखिम मूल्याङ्कन, सूचना प्रणालीको सुदृढीकरण एवं जलवायु जोखिम व्यवस्थापनलाई प्राथमिकता दिइनेछ । नेपाल बाढी, पहिरो, खडेरी तथा हिमनदी पग्लनेजस्ता जलवायुजन्य जोखिममा रहेकाले सहायता अपरिहार्य भएको जनाउँदै उक्त कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा त्यसबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित : २१ कार्तिक २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६