ब्रेकिंग न्युज

नेपाल दक्षिण अफ्रिकासँग पराजित



काठमाडौँ, २२ कात्तिक
हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ ।

 जितको लागि नेपालले दिएको ५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । उसका लागि ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाए । 

यता नेपालका लागि लोकेश बमले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३.३ ओभरमा ५८ रनमा अलआउट भएको थियो । नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए । लोकेश बमले १४ तथा आदिल आलमले १३ रन बनाए ।

दक्षिण अफ्रिकाका अब्दुल्लाह बायोमी, ब्लेक सिम्पसन र जोरिक भान साकवायकले समान २–२ विकेट लिए । यससँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि नेपाल पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।

प्रकाशित : २३ कार्तिक २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६