खोज–अनुसन्धान

हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल



हुम्ला, २५ कात्तिक

जिल्ला निर्वाचन कार्यालयले यहाँस्थित मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय बैठक गरी मतदाता नामावली सङ्कलन, मनदान केन्द्र, निर्वाचन प्रक्रियालगायत विषयमा छलफल गरेको छ । सोमबार हुम्ला निर्वाचन कार्यालद्वारा यहाँ आयोजित सर्वपक्षीय बैठकमा जिल्लाका मतदान केन्द्रको अवस्थाबारे छलफल तथा समिक्षा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा आयोजित सर्वपक्षीय बैठकमा जिल्लाका सबै गाउँपालिकाका अध्यक्ष, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सम्पूर्ण वडाका वडा सदस्यहरू, सरोकार भएका निकायका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

बैठकमा वडा पालिकामा यही कात्तिक ३० गतेभित्र १८ वर्ष उमेर पुगेका नागरिकको मतदाता नामावली सङ्कलन गरी निर्वाचन कार्यालयमा बुझाउने निर्णय भएको निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख भिमबहादुर रोकायाले जानकारी दिनुभयो । साथै आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सहकार्य र समन्वय गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

प्रकाशित : २६ कार्तिक २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६