ब्रेकिंग न्युज

शान्ति पुनस्र्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार



राँझा (बाँके), २५ कात्तिक
मानवबेचबिखन तथा ओसारपरसाविरुद्ध क्रियाशील संस्था शान्ति पुनस्र्थापना गृह बाँकेले एक वर्षको अवधिमा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको छ ।

बाँके जिल्लाका विभिन्न नाका र भारतबाट गरी गत आर्थिक वर्ष २०८१÷८२ मा सो सङ्ख्यामा महिला तथा बालबालिकाको उद्धार गरिएको जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराले जानकारी दिनुभयो ।  उहाँका अनुसार छ जनाको भारतबाट उद्धार गरिएको होे । उद्धार गरिएकामध्ये ३०३ महिला तथा बालबालिकालाई संस्थाद्वारा अभिभावकलाई जिम्मा लगाइएको छभने ९५ जनालाई प्रहरीको रोहवरमा अभिभावकलाई जिम्मा लगाइएको छ । एक जनालाई पुनस्र्थापनाका लागि अन्य संस्थामा पठाइएको छ । 

संस्थाले गत आर्थिक वर्षमा आठ जनाविरुद्ध मानवबेचबिखनको मुद्दा दर्ता गरेको छ । यो अवधिमा संस्थाले नौ हजार ३९४ जनालाई परामर्श दिएको शान्ति पुनस्र्थापना गृहका क्षेत्रीय संयोजक सञ्जित सिंहले जानकारी दिनुभयो । 

शान्ति पुनस्र्थापना गृहकी संस्थापक अध्यक्ष शान्ता सापकोटाले मानवबेचबिखन विरुद्धको अभियानमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । आफूहरूले सीमित जिल्लामा कार्यक्रम सञ्चालन गरेर अभियानमा थोरै सहयोग मात्रै गरेको उल्लेख गर्दै उहाँले मानवबेचबिखन विरुद्धको अभियानमा राज्यनै जिम्मेवार भएर लाग्न जरुरी भएको बताउनुभयो ।

शान्ति पुनस्र्थापना गृहले बाँकेको विभिन्न पााच स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानवबेचबिखन विरुद्धको कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले राज्यले गर्नुपर्ने काम सामाजिक सङ्घसंस्थाले गरेर मानवबेचबिखन तथा ओसारपसारविरुद्ध नागरिकलाई जागरुक बनाएको बताउनुभयो । उहाँले मानवबेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा सरकारी निकाय, सामाजिक सङ्घसंस्था र स्थानीय सरकारबीच समन्वयको खाँचो रहेको उल्लेख गर्दै आवश्यक सहकार्य र समन्वयका लागि आफू सदैव तत्पर रहेको धारणा व्यक्त गर्नुभयो । 

प्रकाशित : २६ कार्तिक २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६