ब्रेकिंग न्युज

साकेला गाउँपालिकामा बाँसकलासम्बन्धी उद्योग स्थापना



खोटाङ, २७ कात्तिक
गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा) अन्तर्गतसाकेला गाउँपालिकामा बाँसकलासम्बन्धी उद्योग स्थापना भएको छ ।

गाउँपालिका प्रमुख रविप्रकाश राईले बुधबार उद्योग उद्घाटन गर्दै स्थानीय स्रोतको अधिकाधिक उपयोगबाट नै समृद्धितर्फको यात्रा सम्भव हुने बताउनुभयो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईको अध्यक्षतामा सञ्चालन गरिएको उद्योग स्थापना कार्यक्रममा वडा नम्बर–२ रतन्छाका वडाध्यक्ष जीतेन्द्रकुमार राई, वडा नं ३ का वडाध्यक्ष गोविन्द तामाङ, इलाका प्रहरी कार्यालय मात्तिम बिर्ताका प्रमुख प्रहरी नायब निरीक्षक फाइदलसिं लिम्बू, गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङ राईलगायत जनप्रतिनिधि र लघुउद्यमसँग सम्बन्धित स्थानीयको सहभागिता थियो । उद्योग स्थापनाका लागि गाउँपालिकाले गत आर्थिक वर्ष सबै वडाका उद्यमीहरुलाई सहभागी गराएर बाँसकलासम्बन्धी तालिम सञ्चालन गरेको थियो ।

कोशी प्रदेश सरकार, कृषि उद्योग मन्त्रालयको बहुवर्षे योजनाअन्तर्गत स्थापना गरिएको उद्योगका लागि यस वर्ष रु १० लाख रकम उपलब्ध रहेको गाउँपालिकाका लेखा शाखा प्रमुख उत्तम आचार्यले जानकारी दिनुभएको छ ।

प्रकाशित : २८ कार्तिक २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६