देश

संसद् पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउने अध्यक्ष ओली



काठमाडौँ, ३० कात्तिक

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई राजनीतिक निकास दिन विघटित प्रनिनिधिसभा पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

प्रेस चौतारी नेपालको टोलीसँग आज गुण्डुस्थित निवासमा छलफल गर्दै अध्यक्ष ओलीले असंवैधानिक र अनधिकृत ढङ्गबाट संसद् विघटन भएकाले पुनःस्थापना हुनुपर्ने माग दोहो¥याउनुभएको हो । उहाँले यसरी असंवैधानिक तरिकाले संसद्लाई विघटन गर्दै जाँदा मुलुकको राजनीतिक प्रणालीमा गलत नजिर बस्नसक्ने भनी चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले संसद् पुनःस्थापनाबाट मात्र देशले राजनीतिक निकास पाउने विश्वाससहित आफ्नो पार्टी पुनःस्थापनाका पक्षमा रहेको स्पष्ट गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले पत्रकारिता क्षेत्रमा स्वतन्त्रता कायम हुनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले वर्तमान अवस्थामा सञ्चारमाध्यमको अवस्था, पत्रकारप्रति बढेको सुरक्षा संवेदनशीलता र प्रेस चौतारीका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रकाशित : १ मंसिर २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६