ब्रेकिंग न्युज

स्थानीयको सहयोगमा वडा कार्यालय पुनःसञ्चालन



गण्डकी, ४ मङ्सिरः जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त पोखरा महानगरपालिका–१७ को वडा कार्यालय स्थानीयको सहयोगमा सञ्चालनमा आएको छ ।
जनप्रतिनिधिले सहयोगका लागि आह्वान गरेपछि वडाका विभिन्न सङ्घसंस्था र व्यक्तिबाट कार्यालय सञ्चालनका लागि अत्यावश्यक सामग्री उपलव्ध गराइएको थियो ।
वडाध्यक्ष राधिका शाहीका अनुसार कार्यालय सञ्चालनका लागि कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, सिसी क्यामेरा, खानेपानी एवं आवश्यक फर्निचर स्थानीयले प्रदान गरेका छन् ।
पोखरा–१७ आँखा अस्पताल चोक निवासी गोमादेवी श्रेष्ठले खानेपानीको डिस्पेन्सर, जार र गिलास बोकेर वडा कार्यालयमा आउनुभएको जानकारी दिँदै वडाध्यक्ष शाहीले त्यसपछि ४६ सङ्घसंस्था र व्यक्तिबाट सहयोग प्राप्त भएको बताउनुुभयो ।
“बिरौटामा रहेको वडा कार्यालय जीर्ण र साँघुरो भएपछि सेवा प्रवाहमा समस्या थियो ड्यामसाइडको पाँच रोपनीमा रु चार करोड ५८ लाख २६ हजारमा निर्माण गरिएको भवनबाट भदौ १५ गतेदेखि सेवा सञ्चालन भएको थियो २४ गतेको आन्दोलनमा खरानी भयो”, राज्यको सम्पत्ति नोक्सान भएकामा दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो ।
जेनजी आन्दोलनमा पोखरा महानगरपालिका कार्यालयसहित २६ वडा कार्यालयमा आगजनी भएको थियो ।

प्रकाशित : ५ मंसिर २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६