देश

प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने



७ मंसिर, काठमाडौं ।

प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने भएका छन् । राष्ट्रिय सभागृहमा आज दिउँसो साढे १२ बजे एकता घोषणा सभा आयोजना हुँदैछ । सो सभाको अध्यक्षता सन्तोष परियारले गर्ने, दुर्गा सोबले कार्यक्रम सञ्चालन गर्ने र सुदन किराँतीले स्वागत मन्तव्य राख्ने गरी कार्यक्रमको खाका तयार पारिएको छ । बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा ९नयाँशक्ति०, जनार्दन शर्माको पहलमा स्थापना गरेको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी, रास्वपा परित्याग गरेका विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको टोलीसँग एकता घोषणा हुन लागेको हो । सो सभाबाट पार्टीको नीति, नेतृत्व, कार्यक्रम लगायतबारे जानकारी दिइने नेताहरुले बताएका छन् । एकतापछिको पार्टीको कार्यकारी भूमिकामा अध्यक्ष परिषद बनाउने तयारी छ । श्रोत अनलाईन खबर

प्रकाशित : ८ मंसिर २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६