कपिलवस्तु, मंसिर ८
कपिलवस्तु जिल्लाको सांस्कृतिक, आर्थिक र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको कपिलवस्तु महोत्सव यस वर्ष पनि भव्यतापूर्वक आयोजना हुन लागेको छ। बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगा–४, जीतपुरस्थित बुद्ध रंगशालामा १६ औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ आयोजना हुने भएको हो।
यस वर्षको महोत्सवको सबैभन्दा ठूलो आकर्षण नेपालमै पहिलो पटक ‘स्नो सिटी’ राखिनु हुनेछ। देशभरि वर्षमा लाग्ने ३०० भन्दा बढी मेला–महोत्सवमध्ये कपिलवस्तु महोत्सवमा पहिलोपटक स्नो सिटी राखिन लागेको आयोजक समितिका अध्यक्ष राजकुमार खाणले जानकारी दिए। हिउँ परेजस्तो अनुभव दिने विशेष संरचना तयार गर्न लागिएको र यसले महोत्सवमा नयाँपन थप्ने विश्वास आयोजक महासचिव बुद्धिबहादुर रोकाहा (दिनेश क्षेत्री)ले व्यक्त गर्नु भयो ।
महोत्सवका प्रमुख आकर्षणहरू
नेपालकै पहिलो ‘स्नो सिटी’
महोत्सव स्थलभित्र कृत्रिम हिउँको अनुभूति दिलाउने विशेष क्षेत्र निर्माण हुने छ, जहाँ आगन्तुकले ‘विन्टर फन’ अनुभव गर्न सक्नेछन्।
जानकी मन्दिर जस्तै भव्य मुख्य प्रवेशद्वार
महोत्सवको मुल गेट यसपटक जानकी मन्दिरको झल्को दिने गरी भव्य रूपमा निर्माण गर्न लागिएको छ। गेट, मञ्च, स्टल र सम्पूर्ण संरचना निर्माण कार्य तीव्र गतिमा भइरहेको व्यवस्थापन संयोजक रबिन मल्लले जानकारी दिनु भयो ।

३०० स्टल—विविधता र समावेशीताको संयोजन,महोत्सवमा करिब ३०० स्टल रहनेछन्। २०० व्यवसायिक स्टल, ५० कृषि उत्पादन तथा प्रविधि स्टल, २० स्थानीय संघ–संस्थाका स्टल, ३० महिला उद्यमीका लागि छुट्टै स्टल, २० होटेल तथा खानापिन क्षेत्र १० अटो तथा आधुनिक कृषि औजार प्रदर्शनी व्यापारी र स्थानीय उद्यमीले महोत्सवलाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्। ४. ‘मम्मी डान्स प्रतियोगिता’ — यस वर्षको विशेष कार्यक्रम परिवारमै रमाइलो र सहभागीता बढाउन यस वर्ष मम्मी डान्स प्रतियोगिता मुख्य आकर्षणको रूपमा समावेश गरिएको छ।
महोत्सवका संरक्षक तथा डान्स आइडल संयोजक पदम सेनका अनुसार, महिलालाई आत्मविश्वास, मनोरञ्जन र सामाजिक सहभागिता बढाउने उद्देश्यले प्रतियोगिता राखिएको हो। इच्छुक महिलाले बुद्ध रंगशालास्थित सचिवालयमा नाम दर्ता गराउन सक्नेछन्।
जलपरी, सुनामी पिङ र मनोरञ्जनका अन्य आकर्षण
बच्चादेखि युवासम्मका लागि उपयुक्त झूला, गेम तथा फोटो–जोनहरू यस वर्ष पनि व्यस्त रहने अपेक्षा गरिएको छ।
स्थानीय उत्पादन, कृषि प्रविधि र औद्योगिक प्रदर्शनी
कपिलवस्तु मात्र नभई छिमेकी जिल्लाका उत्पादन र प्रविधि प्रदर्शित गरिने भएकाले किसान, उद्यमी तथा व्यवसायीसँग प्रत्यक्ष घुलमिल हुने अवसर महोत्सवले उपलब्ध गराउनेछ।
सांस्कृतिक कार्यक्रम—स्थानीय प्रतिभाको प्रस्तुति
दैनिक रूपमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकार, नृत्य–गायन समूह र सामुदायिक प्रतिभाको प्रस्तुति रहनेछ।
१६ वर्षको परम्परा—कपिलवस्तुको पहिचान
वि.सं. २०६५ बाट सुरु भएको कपिलवस्तु महोत्सवले जिल्लालाई राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण योगदान दिएको छ।
“कपिलवस्तु महोत्सव जिल्ला विकास र पहिचानको एउटा विशेष चाड हो,“ निर्देशक बुद्धिबहादुर रोकाहा (दिनेश)ले बताउनु भयो ।
सहकार्यको आह्वान
बाणगंगा वेलफेयर सोसाइटीले महोत्सवलाई सफल, सभ्य र अनुशासित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै स्थानीयवासी, व्यवसायी तथा सरोकारवालालाई सक्रिय सहभागिताको आग्रह गरेको छ। मंसिर १८ देखि पुस १ सम्म सञ्चालन हुने १६ औँ कपिलवस्तु महोत्सव कपिलवस्तुको पर्यटन, व्यापार, कृषि र सांस्कृतिक उन्नयनमा महत्वपूर्ण मोड बन्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया