देश

टीओबीबारे प्रहरीको निष्कर्ष: ‘तेन्जिन बाहेक कोही पनि तिब्बती मूलका छैनन्’



८ मंसिर, काठमाडौं

जेनजी आन्दोलनमा घुसपैठ गरेको आरोपमा निगरानीमा परेको टीओबी (TOB) समूहको फ्रि तिब्बत आन्दोलनसँग कुनै सम्बन्ध नरहेको निष्कर्ष प्रहरीले सार्वजनिक गरेको छ। करिब डेढ महिना लामो अनुसन्धानपछि सोमबार प्रहरीले समूहका सदस्यहरूको पृष्ठभूमिबारे खुलासा गरेको हो।

जेनजी आन्दोलनका क्रममा टीओबीका केही गतिविधि विवादमा आएपछि उत्तरी छिमेकी चीनले पनि नेपाल सरकारसँग यसबारे चासो व्यक्त गरेको थियो। त्यसपछि नेपाल सरकारले अनुसन्धान तीव्र बनाउँदै छिट्टै तथ्य बाहिर ल्याइने बताएको थियो।

२६ असोजमा पक्राउ परेका समूहका प्रमुख सदस्य तेन्जिन दावा लामा तिब्बती मूलका भए पनि अन्य सदस्य भने तिब्बती मूलका नभएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित कार्यक्रममा परिसर प्रमुख एसएसपी रमेश थापाले ‘Tibetan Original Blood’ लेखिएको टी–शर्ट लगाउने व्यक्ति समूहमा तेन्जिन मात्रै भएको उल्लेख गरे। अन्य सदस्यहरूले टीओबीलाई “The Original Brothers” को रूपमा प्रयोग गर्ने गरेको पनि प्रहरीले स्पष्ट पारेको छ।

बाइकर्स ग्रुपको रूपमा गठन

प्रहरीका अनुसार टीओबी १० जुन २०२४ मा स्थापित बाइकर्स ग्रुप हो। समूहमा ५७ जना सदस्य छन्। संस्थापक तथा अध्यक्ष समेत रहेका तेन्जिन अहिले प्रहरी हिरासतमा छन्।

गत २३ र २४ भदौमा बुलेट बाइक पड्काउँदै हिँडेको दृश्य सार्वजनिक भएपछि समूह चर्चामा आएको थियो। सदस्यहरूले टीओबी गठन गर्नुको उद्देश्य मोटरसाइकल भएका साथीबीच भेटघाट, यात्रा र सामाजिक सेवा रहेको बताएका छन्।

प्रकाशित : १० मंसिर २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६