जीवनशैली

डान्स स्टारमा कडा प्रतिस्पर्धा छैटौं दिनसम्म १९ जना बाहिर



१२ मंसिर, प्रेसपाटी

प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनीअन्तर्गत सञ्चालित ‘प्रथम डान्स स्टार’ प्रतियोगिता क्रमशः रोमाञ्चक बन्दै गएको छ। छैटौँ दिनसम्म आइपुग्दा कुल १९ जना प्रतिस्पर्धी बाहिरिँदा ११ जना मात्र आगामी चरणका लागि प्रतिस्पर्धामा रहेका छन्।
आयोजकका अनुसार पाँचौँ दिन भोटिङका आधारमा दुई जना बाहिरिएका थिए भने मंगलबार भएको प्रस्तुतीको ४० प्रतिशत भोट र ६० प्रतिशत निर्णायकको अंकलाई आधार बनाएर थप दुई जनालाई प्रतियोगिताबाट बाहिर गरिएको हो। उक्त प्रस्तुतीको नतिजा बुधबार सार्वजनिक गरिएको थियो। संयोजक असिम कडेल क्षेत्रीका अनुसार नतिजा निकासमा भोट र निर्णायक मूल्यांकनको संयुक्त आधार प्रयोग गरिएको छ।
मेला भित्रको प्रमुख सांस्कृतिक आकर्षण मानिएको ‘डान्स स्टार’ मा सहभागीहरूको प्रस्तुति, लोकप्रियता र नृत्य क्षमताका आधारमा आगामी चरणको छनोट हुँदै जाने आयोजकले जनाएको छ। प्रतियोगिता रोमाञ्चक बन्दै जाँदा दर्शकको उपस्थिति र भोटिङ दुवै बढिरहेको आयोजकको मूल्यांकन छ।

प्रकाशित : १३ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६