देश

पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता



काठमाडौँ, १३ मङ्सिर 

स्मार्ट टेलिकम पीडितहरुले टावर व्यवस्थापन, घरभाडालगायत समस्या समाधानका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पहल गरिदिन आग्रह गरेका छन् ।

सञ्चारमन्त्रीसँग शुक्रबार भएको भेटमा उनीहरूले आफूहरु लामो समयदेखि पीडित रहेको भन्दै स्मार्ट पीडितले स्मार्ट टेलिकमका कारण उत्पन्न समस्या समाधानमा सकारात्मक हस्तक्षेपको अपेक्षा गरेको बताए । 

पीडितका समस्या सुनेपछि मन्त्री खरेलले कसैलाई अन्याय हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “कसैलाई अन्याय हुन दिन्नौँ, नियामक निकायसँग बुझेर समस्या समाधानको पहलकदमी लिन्छौँ । ”

 स्मार्ट टेलिकम टावर पीडित संयोजक कृष्णबहादुर थापाले भन्नुभयो, “ कम्पनी खारेज भएको तीन वर्ष बितिसक्दा टावर व्यवस्थापन भएको छैन । टावरको भाडा पनि पाइएको छैन, बिजुलीको पैसा उठेको छैन ।”

स्मार्ट बन्द हुँदा धेरै सङ्ख्यामा नेपालीले रोजगारी गुमाएको उनीहरुको भनाइ छ । स्मार्ट कार्ड र सिम कार्डमा लगानी गरेका व्यवसायीको लगानी खेर गएको छ । कम्पनी बन्द भएको तीन वर्ष बितिसक्दा बैंकलाई ब्याज बुझाउनुपरेको तर कार्डको पैसा फिर्ता आउने टुङ्गो नभएको पीडितको गुनासो छ ।

स्मार्ट समस्या समाधान समूहमा स्मार्ट कार्ड समूह, टावर राखेको घरबेटीहरुको समूह, स्मार्टमै काम गर्ने कर्मचारीलगायत छन् । अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले दूरसञ्चार ऐनबमोजिम स्मार्ट टेलिकमको अनुमतिपत्र २०८० साल वैशाख ३ गते स्वतः खारेज भएको थियो ।

प्रकाशित : १४ मंसिर २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६