ब्रेकिंग न्युज

पोखरामा ‘स्मृतिमा झलकमान, नारायणगोपाल साँझ’ हुँदै



गण्डकी, १६ मङ्सिर

पोखरास्थित झलकमान गन्धर्व सारङ्गी पाठशाला र रेडियो अन्नपूर्णको संयुक्त आयोजनामा आगामी बिहीबार ‘स्मृतिमा झलकमान, नारायणगोपाल साँझ’ हुने भएको छ ।

पोखरा महानगरपालिका–९ को वडा कार्यालय मुख्य प्रवर्द्धक रहेको उक्त साङ्गीतिक कार्यक्रममा झलकमान गन्धर्व सारङ्गी पाठशालाका विद्यार्थीले झलकमान र नारायणगोपालका गीत सुनाउने छन् । 

रेडियो अन्नपूर्णको रजत वर्षको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको रेडियोका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले बताउनुभयो । कला, साहित्य र सङ्गीतको जगेर्ना गर्ने उद्देश्यसहित नेपाली सङ्गीत जगतका दुई मूधन्र्य प्रतिभाको स्मृतिमा साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ  छ । कार्यक्रम पोखरा–९ महेन्द्रपुलमा रहेको फाल्चामा बिहीबार अपराह्न ४ः०० बजदेखि सुरु हुने जनाइएको छ । 

प्रवेश निःशुल्क रहेको उक्त कार्यक्रममा कलाकारले सारङ्गीको धुनमा झलकमान गन्धर्व र नारायणगोपालका चर्चित गीतहरू प्रस्तुत गर्नेछन् । रेडियो अन्नपूर्णले बर्सेनि नारायणगोपालको स्मृतिमा ‘नारायण गोपाल साँझ’ आयोजना गर्दै आएको छ । 

रजत वर्षका अवसरमा यस अगाडि रेडियोले पोखरा–१४ मा रहेको वात्स्यायन वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग, विभिन्न बहसमूलक कार्यक्रम, ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कास्कीमा स्टेसनरी सामग्री वितरण गरेको थियो ।

यस्तै, प्रसिद्ध धार्मिक पर्यटकीयस्थल विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ,  झलकमान गन्धर्व सारङ्गी पाठशालाका विद्यार्थीलाई राष्ट्रिय पोशाक सहयोगलगायत कार्यक्रम गरिसकेको छ । 

प्रकाशित : १७ मंसिर २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६