कैलाली, १९ मङ्सिर
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारजगत्को महत्त्वपूर्ण योगदान रहेको बताउनुुभएको छ ।
नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको ‘प्रेस युनियनसँग मुख्यमन्त्री कार्यक्रम’ लोकतान्त्रिक व्यवस्थालाई थप संस्थागत गर्न पनि पत्रकारबाट सोहीअनुसारको भूमिका अपेक्षा गरिएको बताउनुभयो । मुख्यमन्त्री शाहले भन्नुभयो, “जनतालाई स्वतन्त्र र अधिकारसम्पन्न बनाउन मिडियाकर्मीको ठूलो भूूमिका छ । यस भूमिकालाई थप सशक्त बनाउँदै लैजानुपर्छ । यसले समग्र क्षेत्रको सम्मान बढ्नेछ ।”
उहाँले समग्र व्यवस्था र लोकतान्त्रिक पद्धतिलाई विकास गर्ने सन्दर्भमा सरकार मिडियालाई साथमै लिएर अगाडि बढ्ने भन्दै यस क्षेत्रको विकासका लागि पनि सरकार साथमा रहेको बताउनुभयो ।
मुख्यमन्त्री शाहले आफू नेतृत्वको सरकारले गरेका कामको आलोचनात्मक समीक्षा गर्दै राम्रो कामका लागि झक्झक्याइरहन आग्रह गर्नुभयो ।








प्रतिक्रिया