बिजनेस

जुम्लामा कृषि जैविक विविधतासम्बन्धी प्रदर्शनी मेला हुँदै



जुम्ला, २३ मङ्सिर

जिल्ल सदरमुकाम खलङ्गा बजारमा कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला लाग्ने भएको छ । यहाँको चन्दननाथ नगरपालिका कृषि शाखाको आयोजनामा तथा कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जाको सहयोगमा यही मङ्सिर २७ गते कृषि जैविक विविधता तथा खाद्यपरिकार प्रदर्शनी मेला सञ्चालन हुने भएको हो । चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढथापाले स्थानीय कृषि उत्पादनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनी मेलामा किसान, कृषि उपभोक्ताले उत्पादन गरेको रैथाने परिकारको अवलोकन गर्न सकिनेछ । मेलामार्फत जैविक विविधताको जगेर्ना र परम्परागत खाद्य संस्कृतिको पुनःजीवन हुने विश्वास लिइएको प्रशासकीय अधिकृत बुढथापाले बताउनुभयो । सुरक्षित, पोषणयुक्त र स्थानीय उत्पादनको प्रयोगले सामुदायिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने भएकाले मेलाले जनचेतनामा ठूलो योगदान पु¥याउने नगरपालिका स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले विश्वास व्यक्त गर्नुभयो । यहाँको कृषि सम्भावना, परम्परागत प्रजाति संरक्षण तथा जैविक कृषि प्रवर्द्धनमा प्रदर्शनीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । किसानका नवीन उत्पादन, मौलिक बीउबिजन तथा स्थानीय खाद्य परिकार एकै ठाउँमा प्रदर्शन गरिनुले जिल्लाको कृषि पहिचान मजबुत बनाउने अवसर भएको नगरपालिकको कृषि शाखाले जनाएको छ ।

प्रकाशित : २४ मंसिर २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६