जीवनशैली

नेपाल प्रिमियर लिग लुम्बिनीको जित



काठमाडौँ २६ मंसिर

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई १३५ रनको चुनौती दिएको छ । त्रिवि मैदान कीर्तिपुरमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि सुरुमा ब्याटिङ गरेको लुम्बिनीले आठ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १३४ रन बनाएको हो ।
लुम्बिनीका लागि डार्सी सटले सर्वाधिक ४५ रन बनाउनुभयो । उहाँले ४१ बलमा तीन चौका र एक छक्का हान्नुभयो । यस्तै कप्तान रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २९, रुवेन ट्रुम्पलम्यानले ११ र शेर मल्लले सात रन बनाउनुभयो ।

ओपनर दिनेश अधिकारी र दिलिप नाथ एक एक रनमा आउट हुनुभयो । सन्दीप जोरा र जेजे स्मिथ शून्य रनमा पेभेलियन फर्किनुभयो ।

बलिङमा विराटनगरका सुवास भण्डारी, प्रतिश जिसीले तीन तीन विकेट लिनुभयो । भण्डारीले चार ओभर पूरा बलिङ गर्दै १४ रन खर्चिनुभयो । यस्तै प्रतिश जिसीले पूरा चार ओभर बलिङ गर्दा २७ रन खर्चिनुभयो । सन्दीप लामिछानेले दुई विकेट लिनुभयो । आज जित्ने टोलीले उपाधिका लागि सुदूरपश्चिमसँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : २७ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६