देश

प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ



काठमाडौँ, १ पुस

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा सुनीति श्रेष्ठ (हाडा)ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा उपाध्यक्ष श्रेष्ठ र सदस्य प्रा श्रेष्ठले प्रधानमन्त्री कार्कीसमक्ष शपथ ग्रहण गर्नुभएको हो । कार्यक्रममा आयोगका सदस्य एवं मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थलगायत सरकारी उच्च अधिकारीहरूको उपस्थिति थियो । शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले मुलुकको अवस्थाको राम्रोसँग अध्ययन गरी र जेनजी युवाको आकाङ्क्षाबमोजिम योजनाको तयारी गर्न निर्देशन दिनुभयो । “हामीले तपाईँहरूलाई विज्ञका रूपमा यो जिम्मेवारी दिएका हौँ, मुलुकको परिस्थितिबारे जानकार नै हुनुहुन्छ, यो परिस्थिति बुझेर हामीले पाइला चाल्नुपर्नेछ । देशका योजना तथा कार्यक्रमहरू पनि परिवर्तनका लागि युवाले गरेको आन्दोलनको भावनाअनुरूप तर्जुमा गर्नुपर्छ”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “हालको परिस्थिति राम्रोसँग अध्ययन गरी मुलुकको साख उठाउने हिसाबले काम गर्नुपर्छ । मलाई आशा छ, तपाईँहरू यस कार्यमा सफल हुनुहुनेछ ।” सोमबार मन्त्रिपरिषद् बैठकले आयोगका उपाध्यक्ष र सदस्य नियुक्त गरेको थियो ।

प्रकाशित : १ पुस २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६