देश

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा



जनकपुरधाम, ४ पुस

मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के अनुगमन गर्दा दुई जना उपसचिवसहित ७२ जना कर्मचारी अनुपस्थित रहेको भेटिएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको छ । मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयद्वारा जिल्लाको १८ वटा विभिन्न मन्त्रालय तथा कार्यालयको अनुगमन गरेको थियो । पूर्वस्वीकृति विना बिदा नलिएको तथा समयमा कार्यालयमा नआएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्रीका कार्यालयले जनाएको छ । छड्केमा परेकालाई प्रचलित ऐन र कानुन बमोजिम कारबाही हुने तथा उनीहरूलाई पत्राचार भइसकेको मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ ।

प्रकाशित : ४ पुस २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६