देश

रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले



गलकोट (बागलुङ) ४ पुस

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले पुराना राजनीतिक दलहरूले गरेका गलत क्रियाकलापलाई ललकारेकै कारण रविमाथि प्रतिशोध साँधिएको बताउनुभएको छ । आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा वाग्लेले पुराना पात्र र प्रवृतिका विरुद्ध बोलेका कारण पुराना दलहरूले रविमाथि प्रतिशोध साँधेको प्रमाणित हुँदै गएको उहाँले बताउनुभएको हो । उहाँले भन्नुभयो, “रास्वपा सभापतिले गरेको साहस आम युवाका लागि अनुकरणीय छ ।” युवा शक्तिलाई उत्पादनमा जोड्नुपर्नेमा विदेशिन वाध्य पारिएको उहाँको भनाइ छ । रास्वपाले प्रवासमा रहेका युवाहरूसँग भएको पूँजी र दक्षतालाई स्वदेशमा उपयोग गर्ने गरी योजना अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रकाशित : ४ पुस २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६