ब्रेकिंग न्युज

महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ



ललितपुर, ७ पुस

महिला उद्यमी महासङ्घ नेपालको दशौँ महाधिवेशनले दर्शना श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यकारिणी समिति चयन गरेको छ । महासङ्घले आज ललितपुरमा २२औँ वार्षिक साधारणसभा तथा १०औँ महाधिवेशन सम्पन्न गरेको हो । देशभरका महिला उद्यमीको छाता सङ्गठनका रूपमा कार्यरत महासङ्घ स्थापना कालदेखि महिला उद्यमीको विकास, प्रवर्द्धन तथा सामाजिक–आर्थिक सशक्तिकरणमा क्रियाशील रहँदै आएको छ । महासङ्घले हाल नेपालका ७७ वटै जिल्लामा सङ्गठन विस्तार गरी पाँच हजार ५०० भन्दाबढी महिला उद्यमीलाई आवद्ध गरेको छ । साथै सातै प्रदेशमा प्रदेशस्तरीय महासङ्घ गठन गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका नीति निर्माण र निर्णय प्रक्रियामा महिला उद्यमीका हक, अधिकार र सरोकारका विषयमा सशक्त रूपमा वकालत गर्दै आएको जनाएको छ । महासङ्घको २२औँ वार्षिक साधारणसभा अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा अध्यक्ष ज्ञवालीले आफ्नो कार्यकालमा महासङ्घमार्फत सञ्चालन गरिएका कार्यक्रम, उपलब्धि तथा चुनौतीबारे जानकारी गराउनुभयो । साधारणसभामा महासङ्घका महासचिव कुन्नम पोखरेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष सविता सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले महिला उद्यमशीलता विकासमा निजी क्षेत्र र महासङ्घबीच सहकार्यलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । महाधिवेशनको अवसरमा जिल्लास्तरमा उत्कृष्ट महिला उद्यमी सङ्घ तथा व्यक्तिगत महिला उद्यमीलाई सम्मान गरिएको थियो । साथै महासङ्घको स्थापना कालदेखि निरन्तर योगदान पु-याउने संस्थापक सदस्यलाई सम्मान प्रदान गरिएको थियो ।

प्रकाशित : ७ पुस २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६