देश

अस्थित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय



काठमाडौँ, १२ पुस

उज्यालो नेपालले पार्टीको अस्थित्व समाप्त हुनेगरी कुनै पनि पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ । पार्टीको आज यहाँ बसेको केन्द्रीय समितिको बैठकले नाम, चुनाव चिह्न र पद सबै अरु पार्टीको हुने वा अरुको पार्टीमा विलय हुनेगरी एकता नगर्ने निर्णय गरेको केन्द्रीय सदस्य किरण विकले जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग पार्टी एकताबारे छलफल भइरहेको सन्दर्भमा आज बैठक बसी उक्त निर्णय गरिएको उहाँले बताउनुभयो । पार्टीका संरक्षक एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ उपस्थित सो बैठकले वैकल्पिक र अग्रगामी सबै शक्ति मिलेर जानुपर्ने मान्यता राखे पनि कुनै पार्टीमा विलय हुन नदिने निर्णय गरेको सदस्य विकले बताउनुभयो । केन्द्रीय समितिको बैठकले पार्टीको नाम, चुनाव चिह्न, सभापति र प्रधानमन्त्री आफ्नो पार्टीबाट हुनुपर्ने रास्वपाका सभापतिले राख्नुभएको प्रस्तावलाई अस्वीकार गर्दै आफ्नै पार्टीको नेतृत्वमा चुनावमा आउन वैकल्पिक र अग्रगामी सबै शक्तिलाई आह्वान गरेको छ । —

Powered By  Orson Infotech

प्रकाशित : १२ पुस २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६