ब्रेकिंग न्युज

‘निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ’



सिन्धुपाल्चोक, १२ पुस

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव हुने बताउनुभएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ द्वारा शुक्रबार बाह्रबिसेमा आयोजित बृहत् चुनाव तयारी सभामा उहाँले फागुन २१ गते हुने निर्वाचनलाई पार्टीले आत्मसात गरेको भन्दै सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । “जेनजी आन्दोलनपछि मुलुक जटिल परिस्थितिमा छ, यस्तो अवस्थामा निकासका बाटो भनेकै निर्वाचन हो । हाम्रो पार्टीले औपचारिक निर्णय गरेर निर्वाचनमा जाने भनेको छ, अब सरकारले अलमल नगरी चुनावको वातावरण बनाउनुपर्छ”, नेता बस्नेतले भन्नुभयो । उहाँले नेपालको संविधानले शिक्षा र स्वास्थलाई नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेकाले त्यसको निःशुल्क व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । र्नुपर्नेमा जोड दिनुभयो । आफूले स्थानीय जनताको आवश्यकताका आधारमा सधैँ विकासको राजनीति गरिरहेको र आगामी दिनमा पनि त्यसमा क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो । पार्टीका जिल्ला सचिव भक्तध्वज बोहराले फागुन २१ गतेको लागि घोषणा भएको निर्वाचनका लागि यहाँ आयोजना गरेको सभा देशभरकै पहिलो रहेको बताउनुभयो । उहाँले निर्वाचनमा हार र जितभन्दा पनि जनताप्रतिको विश्वासलाई पार्टीले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । महासमिति सदस्य डा प्रेमध्वज लामा र भोला बोहरा, नेता यास्मिन ढुङ्गाना, जिल्ला उपसभापति दोर्जे लामा, पूर्वजिल्ला सभापति भूपेन्द्रबहादुर थापा, सिन्धुपाल्चोक क्षेत्र नं २ का सचिव विष्णु घोरासैनी, मेलम्ची नगर सभापति बसन्त गुरुङ, बलेफी गाउँपलिकाका पूर्वअध्यक्ष केदार क्षेत्री, नेपाल महिला सङ्घका केन्द्रीय सदस्य मञ्जु नेपाल भण्डारी, क्षेत्र नं १ का सचिव सञ्चवीर तामाङलगायतले आफ्नो धारणा राख्नुभएको थियो । —

प्रकाशित : १२ पुस २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६