ब्रेकिंग न्युज

रसुवागढी जलविद्युत मर्मत पछि सञ्चालनमा



रसुवा, १९ पुस

गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्चालनमा आएको छ । एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रका तीन टर्वाइनमध्ये हालसम्म दुई टर्वाइन तथा मुहानको ड्याम एवं नहरसमेत मर्मत गरेसँगै हाल उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको रसुवागढी जलविद्युत् केन्द्रले जनाएको छ । रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वका अनुसार मर्मत सुधारपश्चात् ३७ मेगावाट गत मङ्सिर महिनामा र ३१ मेगावाट हालै उत्पादन गरिएको हो । सफाइ एवं मर्मत बाँकीनै रहेको र अर्काेतर्फ क्षमता अनुसार उत्पादन गर्न बाँकी ४३ मेगावाट आगामी जेठ÷असारबाट उत्पादन हुने जनाइएको छ । पानीको प्रवाह घट्न गएका कारण सुक्खायाममा विद्युत् उत्पादन घट्ने जलविद्युत् केन्द्रले जनाएको छ । बाढीका कारण उपकरण तथा संरचनामा क्षति पुग्दा उक्त जलविद्युत् केन्द्रले रु तीन अर्ब ५१ करोड क्षति बेहोर्नुपरेको थियो ।

प्रकाशित : १९ पुस २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६